
भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् ।
सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारका चर्चित नेता लालु यादवका पुत्र तेजस्वी यादव नेतृत्वको आरजेडीसँग मिलेर नितीशले भाजपासँगको सहयात्रा तोडेका छन् । गत चुनावमा भाजपा र आरजेडी तालमेल गरेर चुनाव लडेका थिए ।
मुख्यमन्त्री नितीशले आफूलाई १६४ विधायकको समर्थन रहेको जनाएका छन् । कूल ७ पार्टीको समर्थनमा अब सरकार चलाउने उनले बताएका छन् ।
भाजपा नेता रविशंकर प्रसादले नितीशले जनतालाई धोका दिएको र जनादेशलाई खण्डित गरेको आरोप लगाएका छन् । ‘यो विश्वासघात हो,’ उनले भने ।