२५ जेठ २०८३, सोमबार

५ अर्ब बढीको लगानीमा लिखु जलविद्युत आयोजना सञ्चालनमा आउँदै

कात्तिक २०, २०७४
५ अर्ब बढीको लगानीमा लिखु जलविद्युत आयोजना सञ्चालनमा आउँदै

काठमाडौं, १३ साउन– पिके हाइड्रोपावर प्रालीले ओखलढुंगामा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । हाइड्रोपावरले २० मेगावाटको लिखु जलविद्युत आयोजना सञ्चालनको प्रक्रिया अघि बढाएको जनाएको छ ।

कम्पनीले हाल आयोजना दर्ताका लागि उद्योग विभागमा प्रस्ताव पेस गरेको कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

उद्योग विभागले आयोजना स्वीकृतिका लागि औद्योगिक प्रवद्र्धन बोर्डमा पठाउने तयारी गरेको छ । लिखु जलविद्युत आयोजना ५ अर्ब १९ करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागेको अध्यक्ष तिवारीले बताए ।

नियमअनुसार स्थिर पूँजी २ अर्ब रुपैयाँभन्दा माथिका उद्योग बोर्डबाट स्वीकृति गरिन्छ । जसअनुसार सो आयोजना दर्ता स्वीकृतिका लागिबोर्डमा पठाउन लागिएको हो । बोर्डले स्वीकृति दिएपछि आयोजनाको अन्य प्रक्रिया अघि बढाउन सक्नेछ ।

तिवारीका अनुसार आयोजनामा ६२ प्रतिशत विदेशी र बाँकी ३८ प्रतिशत स्वदेशी लगानी रहनेछ । सो कार्यका लागि विदेशी लगानीकर्तासँग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) समेत भइसकेको अध्यक्ष तिवारीले जानकारी दिए ।

आयोजनाको स्थिर पूँजी ५ अर्ब १० करोड रुपैयाँ चालु पूँजी ९ करोड रुपैयाँ रहेको छ । जलविद्युत आयोजना सञ्चालनमा आएसँगै ६२ जनाले रोजगारी पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्