२३ जेठ २०८३, शनिबार

सन्दीपले खेल्ने एलपीएल डिसेम्बरमा हुने

साउन २५, २०७९
सन्दीपले खेल्ने एलपीएल डिसेम्बरमा हुने

श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) को नयाँ मिति तय भएको छ ।

श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो ।

अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म आयोजना हुनेछ ।

यस अघि जुलाई ३१ बाट अगस्ट २१ सम्म चल्ने तालिका रहेको थियो।

यस सिजनको लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछाने डम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए।

डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको थियो।

प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल २४ खेलहरू हुनेछ ।

अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्