![मनोहरा खोलामा आएको बाढीले भासियो सडक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Manohara_Khola14_Jg3CHVEIdI.jpg)
काठमाडौंको मनोहरा खोलामा भारी वर्षापछि आएको बाढीका कारण सडक भासिएको छ ।
मंगलवार रातिदेखि आएको भारी वर्षाका कारण बाढी आउँदा सडक भासिएको हो ।
सो क्षेत्रमा बुधवार बिहान भने वर्षा रोकिएको छ ।
मंगलवार राति काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो ।
भारी वर्षा मापन भएपछि जल तथा मौसम विज्ञान विभागले बुधवार बिहानसम्म नै उच्च सतर्कता अपनाउन सूचनासमेत जारी गरेको थियो ।




