०७ असार २०८३, आइतबार

भूकम्पसम्बन्धी केही आश्चर्यजनक तथ्य थाहा पाइराख्नुस्

कात्तिक २०, २०७४
भूकम्पसम्बन्धी केही आश्चर्यजनक तथ्य थाहा पाइराख्नुस्

काठमाडौं, १३ साउन — भूकम्पको नाम लिँदा पनि दुई वर्षअघिको वैशाखको त्यो शनिवारको सम्झना आउँछ नेपालीहरूलाई । भूकम्प यस्तो विनाशकारी प्राकृतिक घटना हो जुन कतिखेर आइलाग्छ भन्नै सकिँदैन । यहाँ हामी भूकम्पसँग जोडिएका केही रोचक तथ्य बताउँदैछौं ।


पृथिवीको माथिल्लो सतह हल्लिनुलाई भूकम्प भनिन्छ । प्रमुख रूपमा टेक्टोनिक प्लेटहरू सर्दा भूकम्प आउने हो । तर ज्वालामुखी विस्फोट, परमाणु धमाका र खदान खन्दा पनि भूकम्प आउन सक्छ ।

पृथिवीको सतहबाट ७२० किलोमिटर तलसम्मबाट भूकम्प आउन सक्छ ।

वैज्ञानिकहरूका अनुसार पृथिवीमा प्रतिवर्ष करीब पाँच लाख भूकम्प आउँछन् । यीमध्ये चार लाख भूकम्प सानो तीव्रताको भएकाले हामीले थाहै पाउँदैनौं ।

संसारमा प्रत्येक वर्ष करीब १०० भूकम्प आउँछन् जसले भारी क्षति गर्छन् ।

भूकम्पका कारण प्रतिवर्ष आठ हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ ।

जापानमा धेरै भूकम्प आउँछ । त्यहाँ हरेक वर्ष लगभग पन्ध्र सय भूकम्प आउँछ ।

अहिलेसम्मको सबभन्दा खतरनाक भूकम्प चिलीमा आएको थियो । सन् १९६० को यो भूकम्प ९.५ म्याग्निट्युड थियो ।

सन् २०११ मा जापानमा आएको भुइँचालोका कारण पृथिवीको घुम्ने गति १.८ माइक्रोसेकेन्ड बढेको थियो ।

सन् १८११ मा अमेरिकामा आएको भयंकर भूकम्पका कारण मिसिसिपी नदी उल्टो दिशामा बग्न थालेको थियो ।

परार सालको भूकम्पमा सगरमाथा करीब एक इन्च धँसेको थियो ।

इतिहासको सबभन्दा भयंकर भूकम्प सन् १२०१ मा इराक, सिरिया र इरानको क्षेत्रमा आएको थियो । यसमा परी लगभग १४ लाख मानिसको मृत्यु भएको थियो ।

औसत एक भूकम्पको झड्का एक मिनेटसम्म महसूस हुन्छ तर यही एक मिनेटमा भयंकर तबाही मच्चिन्छ ।

संसारको ९० प्रतिशत भूकम्प प्रशान्त महासागर र वरिपरिका देशमा आउँछ ।

वैज्ञानिकहरूका अनुसार चन्द्रमामा पनि भूकम्प आउँछ तर तिनीहरूको तीव्रता अत्यन्त कम हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्