२५ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

बुधवार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले देशभरको मौसमको अवस्था आंशिकदेखि सामान्य बदली रहेको विभागले बुधवार एक बुलेटिन जारी गर्दै जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।  

बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 प्रदेश १,बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

बुधवार राति बागमती,  गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम  प्रदेशमा सामान्य  बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार बागमती र  गण्डकी प्रदेशका  केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले  जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्