
बुधवार बिहान कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधवार एक विज्ञप्ति जारी गर्दै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, बबई र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको विभागले जनाएको छ ।
बुधवार दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र आसपासका क्षेत्र भई बहने ससाना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ ।