१५ असार २०८३, सोमबार

टाटा सुमो दुर्घटनामा चौध घाइते

कात्तिक २०, २०७४
टाटा सुमो दुर्घटनामा  चौध घाइते

पाँचथर, १३ साउन - सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये रमिला खपाङ्गी र उहाँको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

 फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मि तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  नकुल पोख्रेलले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्