०१ साउन २०८३, शुक्रबार

सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद

सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलवार राति सशस्त्र प्रहरीले करीब १४४ किलोग्राम गाँजा बरामद गरेको छ ।

रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाइछिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्