१९ असार २०८३, शुक्रबार

राष्ट्रपतिले नागरिकता ऐन रोक्नु हुन्न : प्रचण्ड

राष्ट्रपतिले नागरिकता ऐन रोक्नु हुन्न : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् । 

पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन नरोक्ने बताएका छन् । 

सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिदै प्रचण्डले भने, ‘राष्ट्रपतिले नागरिकता ऐन रोक्नु हुन्न । अलि चाडैं हुनुपथ्र्यो । केही ढिलो भएको चाहिँ हो ।’

राष्ट्रपति कार्यालयले भने नागरिकता सम्बन्धी ऐन अध्ययनको क्रममा रहेको बताएको छ । 

सत्तारूढ गठबन्धनले फास्ट ट्रयाकबाट नागरिकता सम्बन्धी ऐन ल्याएको थियो । आगामी चुनावमा मतदाता प्रभावित गर्न नागरिकता ऐन हतारमा ल्याएको आरोप पनि सरकार र सत्तारुढ गठबन्धनलाई लाग्ने गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी पनि चाडैं टुंगो लगाउने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्