असोज ७, २०८०
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...
साउन २५, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले बुधवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताए ।
'अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ,' मन्त्री श्रेष्ठले भने, 'पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ ।'
मन्त्री श्रेष्ठले आगामी अङ्ग्रेजी नयाँवर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताए ।
हालसम्म ९८ प्रतिशत काम सकिएको विमानस्थल सन् २०२३ को जनवरी १ देखी सञ्चालनमा ल्याउने निर्णय केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताए ।
सातै प्रदेशमा एक वर्षभित्रमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथुम)को कलेज स्थापना गर्ने सरकारको योजना रहेको उनले बताए । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको मन्त्री श्रेष्ठले बताए ।
पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले पूर्ति गर्नका लागि नाथुमले सफलता प्राप्त गर्ने र पर्यटन शिक्षा चाहनेहरु काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने विश्वास मन्त्री श्रेष्ठको छ ।
प्रदेशमा नाथुम कलेज स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भइसकेको उनले जानकारी दिए ।
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...
ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोब...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दश दशमलव ३५ अङ्कमा पुगेको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर...
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । बैंकको टक्सार महाशाखाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का स...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...