२५ जेठ २०८३, सोमबार

दीपिकासँगको अभिनयमा अंश वर्माले ल्याए ‘ए साईली’ [भिडियो]

दीपिकासँगको अभिनयमा अंश वर्माले ल्याए ‘ए साईली’ [भिडियो]

चर्चित टिकटकर अंश वर्मा अब म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदैछन् ।

उनी अभिनित केही गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

बुधवार मात्रै उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ‘ए साईली’ । राजधानीमा एक कार्यक्रमबीच टेक बिसी र समीक्षा अधिकारीको स्वर रहेको प्रेमगीतको भिडियो सार्वजनिक गरिएको हो । 

उमेश मुस्कानको शब्द एवं संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । 

चल्तापुर्जा निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भिडियोमा अंश मोडल दीपिका थापासँग प्रस्तुत छन् । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मोडल अंशले मोडलिङमा आफू नयाँ भएपछि राम्रो टीमका कारण ‘ए साईली’ गीतमा काम गर्न सहज भएको अनुभव सुनाए । 

उनले मोडलिङमा आउने आफ्नो बाल्यकालदेखिकै रहर रहेको बताए । आउँदा दिनमा खाली समय म्युजिक भिडियोमा दिने बताउँदै केही गीतहरू आउने तयारीमा रहेको समेत जानकारी दिए ।

मोडल दीपिकाले ‘ए साईली’ गीतलाई लिएर एकदमै उत्साहित रहेको बताइन् । ‘यसमा म स्वयंले पनि धेरै मेहनत गरेकी छु । काम राम्रो पनि भएको छ । त्यसैले यसबाट आशा पनि धेरै लिएकी छु,’ दीपिकाले भनिन् ।

निर्देशक विक्रमले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनी पनि भिडियोलाई लिएर आशावादी सुनिए । गायक टेकले गीतलाई स्रोता दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । 

प्रकाश खड्काको छायांकन रहेको भिडियो मिलन विश्वकर्माबाट सम्पादनपश्चात ‘अंश वर्मा’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्