२३ जेठ २०८३, शनिबार

सुदूरपश्चिमका ९४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिमका ९४ जनामा कोरोना संक्रमण
प्रतिकात्मक तस्वीर

सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा १ हजार १०७ जनाको परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका २, बैतडीका १ र दार्चुलाका १ जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका २१ जनामा संक्रमण पुष्टि भएको हो ।

गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका ७, पुलघाट नाकाबाट १ र झुलाघाट नाकाबाट फर्किएका १ जनामा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिममा हालसम्म ५ लाख ६६ हजार ८९९ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार ६०५ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६३४ जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्