×

X
Nic Asia
Marvel
Khukuri

राष्ट्रिय युवा परिषदद्वारा आयोजित तीन प्रतियोगितामा नतिजा सार्वजनिक

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

 अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो  प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम , खोटाङका  विक्रम चेतनशील राई द्वितीय , कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

DHARA
LAxmi BAnk

यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम , सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय  , सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलबस्तुका  खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम , नवलपरासीका आश्विन परियार द्वितीय ,  दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन्।

सवै प्रतियोगितामा प्रथम हुनेलाई चालिस हजार , द्वितीय हुनेलाई ३० हजार , तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।


Advertisment
Bizbazar
Saurya island

सप्ताहब्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषदले विदेशवाट फर्किएका युवासंग उद्यम परिसंवाद , नव उद्यमी युवालाई अभिमुखीकरण , कर्णाली युवा संवाद , सरसफाइ लगायतका विविध  कार्यक्रम आयोजना गरेको छ।

अगष्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तद्अनुसार श्रावण २७ गते राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहमा विजेताहरुलाई  पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । समारोहमा प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थिति रहनेछ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

असोज १६, २०७९

झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिवार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुक...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र...

असोज १५, २०७९

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ । ...

असोज १६, २०७९

अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेको अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर बाँदर मरेका स्थानीय बलराम रायमाझीले बताए । ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x