२३ असार २०८३, मंगलबार

दोलखाको सिंगटी बजारमा पहिरो, घरहरू भत्किए

दोलखाको सिंगटी बजारमा पहिरो, घरहरू भत्किए
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

दोलखाको बिगु गाउँपालिका–४ लादुकमा माथिबाट खसेको पहिरोले केही घरहरू भत्किएका छन् । 

पहिरो बगेपछि सिंगटी बजारका करीब ३० घरहरू जोखिममा परेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

पहिरोले घर भत्किएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली र प्रहरीहरू घटनास्थलतर्फ गएका छन् । 

पहिरोले केकति घरहरू भत्किएको छ भन्ने बारे विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

  
 

salt training

कमेन्ट गर्नुहोस्