२५ असार २०८३, बिहीबार

सिगटी बजारका बासिन्दालाई सचेत रहन अपिल

सिगटी बजारका बासिन्दालाई सचेत रहन अपिल

जिल्ला प्रहरी कार्यालय दोलखाले बिगु गाउँपालिका–४ स्थित सिगटी बजारका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । 

केही दिनयता परेको अविरल वर्षाका कारण पहिरो गएको भन्दै प्रहरीले सिगटीका बासिन्दालाई सचेत रहन अपिल गरेको छ । प्रहरीले सार्वजनिक सूचनामार्फत सिगटीका बासिन्दालाई सुरक्षित स्थानमा गई बस्न अनुरोध गरेको छ । 

बिहीवार प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा ‘बिगु गाउँपालिका–४ स्थित सिगटी बजारमा पहिरो खसी बजार क्षेत्रमा क्षति पुर्‍याएको हुँदा उक्त क्षेत्रमा अझै पहिरो खस्न सक्ने उच्च जोखिम रहेको हुँदा सिगटी बजार वरपरका मानिसहरू उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा गई बसिदिनुहुन अनुरोध गर्दछौँ ।’ 

प्रहरीको सूचनामा मनसुनको समयमा जिल्लाका विभिन्न स्थानमा पहिरोका घटनाहरू बढिरहेको भन्दै जोखिमयुक्त स्थानका मानिसहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्