
नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।
मंसिर ४ गते हुने चुनावका लागि गर्नुपर्ने तयारीको विषयमा बैठकमा छलफल हुनेछ । नेपाल प्रहरीलगायत निकायले चुनावी सुरक्षाका लागि रकम माग गरेका छन् ।