०५ साउन २०८३, मंगलबार

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । 

सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिए । उनका अनुसार अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारहरूले रिट दाबी गरेका हुन् । रिटमा केसीको नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरिएको छ । 

नरेश पौडेलसहितकाले रिट दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता पौडेलले जानकारी दिए । विकास बोर्डको अध्यक्षमा नियुक्त हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने भए पनि केसीको योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरेका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइ साउन ३० गते अर्थात आगामी सोमवारका लागि तोकिएको छ । अभिनेता केसी साउन ९ गते विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्