१२ साउन २०८३, मंगलबार

सीसीटीभी फुटेज ‘ब्लर’ भएकाे विषयमा मसँग जवाफ छैनः एआईजीपी सिँह

सीसीटीभी फुटेज ‘ब्लर’ भएकाे विषयमा मसँग जवाफ छैनः एआईजीपी सिँह

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीभिटी फुटेज ‘ब्लर’ भएको विषयमा आफूसँग जवाफ नभएको बताएका छन् । आईजीपी नियुक्त भएको १ सय दिनको समीक्षा कार्यक्रममा पत्रकारले सोधेका प्रश्नमा आफू अनुसन्धान गर्ने अधिकृत भएकाले त्यस विषयमा जवाफ नभएको बताएका हुन् । 


‘म अनुसन्धान गर्ने अधिकृत हुँ । त्यो प्राविधिक विषय हो । कसरी के हुन्छ भन्ने विषय मलाई थाहा भएन्,’ आईजीपी सिँहले भने, ‘यो विषय सम्बन्धित विज्ञलाई सोध्नुपर्छ ।’

चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्दै विरोध भएको थियो । त्यस विषयमा संसदीय समिति बनेर अर्थमन्त्री जनार्दन शर्माले क्लिन चिट पाएर फेरि मन्त्रालय फर्किसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्