
झापामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार अपराह्न झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
उनीहरुलाई राति ९ बजे इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको हो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।