०५ साउन २०८३, मंगलबार

‘सान्नानी जाम पोखरा’पछि प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’

‘सान्नानी जाम पोखरा’पछि प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । शुक्रवार बिहान युट्युबमा सार्वजनिक भएको गीतमा पौडेललाई सविन सुवेदीले स्वरमा साथ दिएका छन् । 

यो प्रशान्तको ‘सान्नानी जाम पोखरा’पछिको अफिसियल गीत हो । स्टुडियोभित्र खिचिएको ‘लिप्सिङ’को सामान्य भिडियोसहित सार्वजनिक ‘सान्नानी जाम पोखरा’लाई स्रोता, दर्शकले निकै रुचाएका थिए । टिकटकमा गीत निकै हिट भएको थियो । सामान्य भिडियोले अहिले ५७ लाख बढी भ्युज पाइसकेको छ । श्रोता÷दर्शकले रुचाएसँगै उक्त गीतको पछि भिडियोसहित ‘दोहोरी भर्सन’समेत सार्वजनिक भएको थियो । 

उक्त गीत सार्वजनिक भएको दुई महिनापछि प्रशान्तले ‘चिसो पानी सोल्टीनी’ सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा प्रशान्त स्वयंका साथमा सविन सुवेदी प्रस्तुत छन् । यस गीतको भिडियो पनि सामान्य बनाइएको छ ।

टार्जन लिम्बूको छायांकन एवं निर्देशन रहेको भिडियो दिन्शन शाहको सम्पादन एवं कलरपछि युट्युबमा सार्वजनिक भएको हो । सिन्धुली जिल्लाको रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको हो । सर्जक एवं गायक प्रशान्त आफ्नो अघिल्लो गीतलाई जस्तै यसलाई पनि रुचाउनेमा विश्वस्त देखिएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्