मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । शुक्रवार बिहान युट्युबमा सार्वजनिक भएको गीतमा पौडेललाई सविन सुवेदीले स्वरमा साथ दिएका छन् ।
यो प्रशान्तको ‘सान्नानी जाम पोखरा’पछिको अफिसियल गीत हो । स्टुडियोभित्र खिचिएको ‘लिप्सिङ’को सामान्य भिडियोसहित सार्वजनिक ‘सान्नानी जाम पोखरा’लाई स्रोता, दर्शकले निकै रुचाएका थिए । टिकटकमा गीत निकै हिट भएको थियो । सामान्य भिडियोले अहिले ५७ लाख बढी भ्युज पाइसकेको छ । श्रोता÷दर्शकले रुचाएसँगै उक्त गीतको पछि भिडियोसहित ‘दोहोरी भर्सन’समेत सार्वजनिक भएको थियो ।
उक्त गीत सार्वजनिक भएको दुई महिनापछि प्रशान्तले ‘चिसो पानी सोल्टीनी’ सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा प्रशान्त स्वयंका साथमा सविन सुवेदी प्रस्तुत छन् । यस गीतको भिडियो पनि सामान्य बनाइएको छ ।
टार्जन लिम्बूको छायांकन एवं निर्देशन रहेको भिडियो दिन्शन शाहको सम्पादन एवं कलरपछि युट्युबमा सार्वजनिक भएको हो । सिन्धुली जिल्लाको रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको हो । सर्जक एवं गायक प्रशान्त आफ्नो अघिल्लो गीतलाई जस्तै यसलाई पनि रुचाउनेमा विश्वस्त देखिएका छन् ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...