२८ असार २०८३, आइतबार

शुक्रवार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती

शुक्रवार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७  साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका थिए । 

राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको  योगदान महत्वपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । स्व. नेता कोइरालाको स्मरणमा शुक्रवार विभिन्न कार्यक्रम गरिएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गरेका थिए । त्यसैको फलस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व. नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो । संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । 

राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाएको सुशील कोइराला मेमोरियल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ । 

सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ । कोइरालाले जीवनमा पु¥याएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्