१७ असार २०८३, बुधबार

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने

उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजीत कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक  र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् ।   

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखिन् । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्