०८ असार २०८३, सोमबार

एक महिनादेखि उठेन विर्तामोडको फोहर

एक महिनादेखि उठेन विर्तामोडको फोहर

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ ।झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    फोहर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

“एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन”, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, “अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।”

नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । 

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चार वटा स्थान तयार गरिएता पनि नागरिक अवरोधकै कारण फोहर विर्सजन गर्न नसकिएको बताए । उनले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहरमैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्