
मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जनाएको छ ।
शनिवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने तथा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
बागमती प्रदेश र कर्णाली प्रदेशका १–१ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शनिवार राति देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।