२६ असार २०८३, शुक्रबार

सलमान खानमाथि तस्करीको आरोपः सलमानले छिमेकीलाई लगाए मुद्दा

साउन २८, २०७९
सलमान खानमाथि तस्करीको आरोपः सलमानले छिमेकीलाई लगाए मुद्दा

बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमानको वकिलले सलमानका पनवेल फार्महाउस नजिकै रहेका छिमेकी रवि कमदले सलमान र केतन कक्कडको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै समुदायलाई भड्काउने प्रयास गरेको दाबी गरेका छन् । 

सलमानले उनका छिमेकीविरुद्ध दर्ता गराएको रिटमा शुक्रवार न्यायाधीश सीवी भाडंगको इजलासमा सुनुवाइ भएको हो । उक्त रिट सलमानले मार्च २०२२ मा सिभिल कोर्टलाई चुनौती दिँदै दायर गरेका थिए । सिभिल कोर्टले कदमविरुद्ध सलमानले दर्ता गराएको रिटमा आदेश दिन इन्कार गरेको थियो । 

उनका छिमेकीले सलमानले आफ्नो फार्महाउसमा गरिरहेको विभिन्न गतिविधिको भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए । 

सलमानले अदालतसँग उक्त भिडियो हटाउने आदेश दिन र आगामी दिनमा आफूविरुद्ध कुनै पनि प्रकारको कमेन्ट गर्नबाट रोक्न आदेश माग गरेका थिए । तर, सिभिल कोर्टले सलमानको रिट खारेज गरिदिएको थियो । त्यसपछि सलमान रिट लिएर उच्च अदालत पुगेका हुन् । 

शुक्रवार रिटको सुनुवाइका क्रममा सलमानका वकिलले सिभिल कोर्टले कदमविरुद्ध आदेश नदिनु गलत भएको दाबी गरेका छन् । उनले कदमले अपलोड गरेको भिडियो वास्तविक नभई उनको अनुमान मात्र भएको दाबी गर्दै भिडियोमा सलमानविरुद्ध साम्प्रदायिक हिंसा भड्काउनलाई उक्साउने प्रयास गरिएको दाबी गरे । 

भिडियोमा सलमानलाई लगाइएको गम्भीर आरोप 

उक्त भिडियोमा रवि कदमले ‘केतन कक्कडले सलमान खानलाई  उनको फार्म हाउस नजिकै रहेको गणेश भगवानको मन्दिर कब्जा गर्न आग्रह गरेको’  दाबी गरेका छन् ।

उनले सलमानले आफ्नो फार्म हाउसबाट ड्रग्स, आर्गन र बच्चाको तस्करी गरिरहेको आरोप लगाएका छन् । कक्कड भारतीय अण्डर वर्ल्डका कुख्यात दाउद इब्राहिम समूहको सदस्य भएको उनको दाबी छ । 
उक्त भिडियो लाखौँले हेरेका छन् । भिडियो हेरेर सलमानलाई अधिकांशले गाली गरिरहेका छन् । 

उच्च अदालतमा दर्ता भएको मुद्दाउपर २२ अगस्टमा पुनः सुनुवाई हुने भारतीय सञ्चारमाध्यहहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्