१२ असार २०८३, शुक्रबार

देउवाद्वारा महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता ?

कात्तिक २०, २०७४
देउवाद्वारा महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता ?
काठमाडौं, १४ साउन - प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् , अन्नपूर्ण पोस्टमा खबर छ ।raman

नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता दिन चाहेका कारण पद नछाडेको महान्यायाधिवक्ता कार्यालय स्रोतको दाबी छ । दाहाल प्रधानमन्त्री भएपछि श्रेष्ठ ०७३ साल साउन २४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । संविधानले महान्यायाधिवक्ता सरकारको प्रमुख सल्लाहकार रहने र संवैधानिक एवं कानुनी विषयमा राय सल्लाह दिने दायित्व तोकेको छ । संवैधानिक एवं कानुनी प्रश्नमा सरकारको बचाउमा प्रतिरक्षा गर्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने प्रचलन छ ।

salt training

कमेन्ट गर्नुहोस्