०३ साउन २०८३, आइतबार

कांग्रेसमा कोइराला पक्षको बैठक, पार्टीमा ४० प्रतिशत हिस्सेदारी माग्नुपर्ने बारे छलफल

कांग्रेसमा कोइराला पक्षको बैठक, पार्टीमा ४० प्रतिशत हिस्सेदारी माग्नुपर्ने बारे छलफल
फाइल तस्वीर

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । 

पार्टीमा संस्थापन पक्षबाट न्यायोचित व्यवहार नभएको भन्दै कोइराला समूहले आगामी रणनीति बनाउने बारे छलफल गर्न बैठक बोलाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

कांग्रेसको १४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले संस्थापन इतर खेमालाई पूर्णरुपमा बेवास्ता गरेको र त्यस्तो अवस्था आगामी चुनावमा पनि आउन सक्ने भन्दै कोइराला समूहले सभापतिप्रतिको अबको दृष्टिकोण तय गर्ने बताइएको छ । 

आवश्यक परे पार्टीको हरेक निर्णयमा ४० प्रतिशतको हिस्सेदारी खोज्नुपर्ने अवस्था आउने बारे छलफल भइरहेको ती नेताले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्