×

NMB BANK
NIC ASIA

काठमाडौंबाट बञ्चरे डाँडामा जान थाल्यो फोहोर

साउन २९, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले शनिवारदेखि बञ्चरे डाँडामा फोहोर लैजान थालेको छ । 

Muktinath Bank

विगत केही दिनदेखि काठमाडौंमा थुप्रिएर रहेको फोहोरलाई बञ्चरे डाँडामा लैजान शुरू  गरेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार मात्रै महानगरपालिकाले १ सय ८२ ट्रक फोहोर बञ्चरे डाँडामा लगिएको उनले जानकारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

आइतवार (आज) देखि २५० देखि ३५० ट्रक गाडीले फोहोर बञ्चरे डाँडामा लैजाने तयारी भएको मेयर साहले जानकारी दिएका छन् । 

Vianet communication

उनले अवरोध नभएमा अब फोहोर व्यवस्थापन हुने  संकेत गरेका छन् । 

मेयर साहले काठमाडौंको ७५ गाडी र त्यतिनै मात्रामा अरू पालिकाहरूबाट पनि दैनिक फोहोर उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले फोहोर व्यवस्थापनको नियमित अवस्थामा पुग्न अझै केही समय लाग्ने जनाएका छन् । 

यसका लागि सबैको सहकार्य जरुरी रहेको मेयर साहको भनाइ छ ।  

मेयर साहले सिसडोलको दुरावस्था बञ्चरे डाँडामा कुनै हालतमा नदोहोर्‍याउने बताएका छन् । 

उनले भनेका छन्,‘यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरे डाँडामा दोहोर्‍याउने छैनौँ ।’

थुप्रिएका फोहोरहरूको व्यवस्थपन नभई अन्य विकल्पहरूमा जानु व्यवहारिक रूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको मेयर साहले जानकारी दिएका छन् । 

उनले  फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरू  रहेको र त्यसको सफलताका लागि हदैसम्म प्रयास गरिने उल्लेख गरेका छन् । 

उनले  भनेका छन्,‘हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरका कारण आक्रान्त हुनुपर्दैन । कसैले कुमाउनुपर्दैन र सबैको साझा जीत हुनेछ ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x