०१ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार यस्तो सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्