प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसदले मंसिर ४ गतेको चुनाव पछि केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेर आउने दावी गरेकी छिन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेकपा एमाले सांसद मायादेवी न्यौपानेले वर्तमान सरकारको कार्यशैलीका कारण ओली फर्केर आउने दावी गरेकी हुन् ।
‘हामीले सानोमा गीत सुनेका थियौं, आयो लाउरे बुटपेटी कसेर, गयो लाउरे खरानी घसेर,’ न्यौपानेले भनिन्, ‘त्यो गीत जस्तै मंसिरपछि यो सरकार कमण्डलु बोकेर दिल्ली बनारस जाओस् !’