१० असार २०८३, बुधबार

जुम्लामा १३ वर्षीया बालिकालाई बलात्कारः ७ लाख दिएर मिलापत्र गरेको खुलासा

जुम्लामा १३ वर्षीया बालिकालाई बलात्कारः ७ लाख दिएर मिलापत्र गरेको खुलासा

जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । 

जुम्लाको चन्दननाथ नरपालिका–७ निवासी प्रेमराजा भनिने प्रेमजंग महतले आफ्नै घरमा धर्मपुत्री राखेका बालिकालाई बलात्कार गरेका थिए । उक्त घटना मिलाउन बालिकाकी आमालाई ७ लाख रुपैयाँ दिएको खुलेको हो । उनीहरूबीच मिलापत्रसमेत गरिएको खुलेको छ । आरोपित महतले बालिकालाई धर्मपुत्रीका रूपमा घरमा काम गर्न राखेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले त्यो विषयमा जानकारी आएको र अनुसन्धान गरिरहेका बताएको छ । ‘यस विषयमा हामीलाई जानकारी भएको छ । घटनाको अनुसन्धान गर्दैछौँ,’ जुम्लाका प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले लोकान्तरसँग भने ।

स्थानीय प्रहरी, अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी महिलालगायतको रोहवरमा मिलापत्र गरेको खुलेको हो । 

मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महतले हस्ताक्षर गरेका छन् । 

हेर्नुहोस् मिलापत्र गरिएको कागजात र भुक्तानी गरिएको बैंक भौचर

 

salt training

कमेन्ट गर्नुहोस्