१२ साउन २०८३, मंगलबार

एउटै चुनाव चिह्न र घोषणापत्र बनाउन प्रचण्ड र भट्टराई सहमत

एउटै चुनाव चिह्न र घोषणापत्र बनाउन प्रचण्ड र भट्टराई सहमत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन् । 

आइतवार प्रचण्ड र भट्टराई पक्षबीच भएको छलफलमा आगामी चुनावमा एउटै चुनाव चिह्न र घोषणा पत्र बनाएर जानेबारे मौखिक सहमति नजिक पुगेको नेपाल समाजवादी पार्टीका प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए । दुई पार्टीको केही विषय अझै मिल्न बाँकी रहेकाले सोमवार फेरि बैठक बसेर अन्तिम घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए । 

नेपाल समाजवादी पार्टीको आँखा चुनाव चिह्नलाई होल्ड गरेर माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा जान डा. भट्टराई सहमत भएका छन् । 

२०७२ मा संविधान जारी भएपछि डा. भट्टराईले माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी बनाएका थिए । त्यसलाई उनले जनता समाजवादी पार्टीसँग एकीकरण गरेका थिए । 

केही समय अघि डा. भट्टराई पक्ष जनता समाजवादी पार्टी उक्त पार्टीबाट बाहिरिने भएपछि अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए । त्यसपछि डा. भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका थिए । 
निर्वाचन आयोगलाई माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको एउटै चुनाव चिह्न राख्नेबारे जानकारी गराउने र सोहीअनुसार दल दर्ता गर्ने सहमति भएको पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्