१२ साउन २०८३, मंगलबार
शीतल निवासको निर्णयमा प्रतिक्रिया

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सडक आन्दोलन हुन्छ : मातृका यादव

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सडक आन्दोलन हुन्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने खतरा बढेको बताएका छन् । जनतालाई नागरिकविहीन बनाउने निर्णयविरुद्ध आन्दोलन हुने उनले चेतावनी दिए ।

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि लोकान्तरसँग कुरा गर्दै यादवले राष्ट्रपतिको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपालमा शासक वर्गले जहिले पनि एउटा समुदायलाई शंकाको दृष्टिले हेर्ने गरेको छ । त्यसबाट राष्ट्रपतिज्यू पनि अछुतो रहनु भएन । राष्ट्रपतिको निर्णयले लाखौं जनता नागरिकताविहीन हुनु पर्ने अवस्था आउनु दुखद् मात्र होइन दुर्भाग्यपूर्ण हो’ यादवले लोकान्तरसँग भने, ‘नागरिकविहीनहरूले अब सडक आन्दोलन गर्नुपर्छ र हामी जस्तो नेताहरू पनि सडक आन्दोलन गर्नु पर्छ ।’

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । मधेस केन्द्रित दलका नेताहरुले राष्ट्रपतिको कदमको विरोध जनाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् । यस्तै लोसपा नेता राजेन्द्र महतोले पनि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्