०७ असार २०८३, आइतबार

स्थानीयलाई व्यवस्थापनपछि मात्रै तिनाउ–दानव करिडोरको काम अघि बढ्छ : विष्णु पौडेल

स्थानीयलाई व्यवस्थापनपछि मात्रै तिनाउ–दानव करिडोरको काम अघि बढ्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री उपाध्यक्ष विष्णु पौडेलले स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ–दानव नदी करिडोरको काम अघि बढ्ने बताएका छन् । बुटवल –१३ मा आइतबार आयोजित पार्टीको भेलामा बोल्दै उनले  करिडोर क्षेत्रका  स्थानीयवासीलाई बिचल्ली पारेर यो आयोजना कार्यान्वयन नहुने बताए । उनले  उपमहानगरभित्रै व्यवस्थित बस्ती बनाएर मात्रै  कामको थालनी हुने पनि बताए । तिनाउ– दानव नदी करिडोर सम्बन्धमा विरोधीले गलत हल्ला फिँजाएकाले त्यसका पछि नलाग्न समेत उनले अनुरोध गरे  ।

उपाध्यक्ष पौडेलले सुकुम्बासी समस्या समाधानका लागि लालपुर्जा वितरणको काम अन्तिम चरणमा पुगेका बेला सरकारले भूमि समस्या समाधान आयोग खारेज गरिदिएकाले समस्या समाधान हुन नसकेको स्पष्ट पारे  । “हाम्रो प्रयासमा कुनै कमी छैन । अब हामीले बनाएको कानुन अनुसार १० बर्ष अघिदेखिको आवादीले जग्गाधनी पुर्जा प्राप्ति गर्ने प्रावधान छ । समस्या छिटै समाधान हुन्छ”, उनले भने । उपाध्यक्ष पौडेलले राजधानी नहुदा पनि रुपन्देहीको विकासलाई प्रभाव नपर्ने बताए  । “मैले जहिले पनि बुटवल राजधानी हुनुपर्छ भने । तर, हुन सकेन”, उनले भने, “राजधानी नभए बापत यो कुरा भएन भन्ने हुन दिदैनौँ ।”

कमेन्ट गर्नुहोस्