१० साउन २०८३, आइतबार

जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण दिँदै कांग्रेस

जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण दिँदै कांग्रेस

नेपाली कांग्रेसले सोमबारदेखि पार्टीका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।  काँग्रेसले त्यसका लागि ललितपुरमा कार्यक्रम राखेको छ । वैशाख ३१ मा निर्वाचन सम्पन्न भएको तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा शीर्ष नेताहरुले प्रशिक्षण दिने जनाइएको छ । स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागिता हुने कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्