
काठमाडौंको बालाजुस्थित विष्णुमति पुलबाट एक युवक हाम फालेका छन् ।
आइतवार साँझ साढे ७ बजेको समयमा करीब ४०/४५ वर्षका ती युवक खोलामा हाम फालेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।
एसपी मैनालीका अनुसार ती युवकको तत्कालै प्रहरीको टोलीले उद्दार गरेको छ ।
नाम नखुलेका ती युवकको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
युवकको अवस्था बोल्न नसक्ने रहेको र बाहिरी चोट केही पनि नभएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार ती युवकले खोलामा हाम फाल्नुको कारण खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।