
एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरूलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
योजनाको लाभांश वितरण प्रयोजनार्थ मंगलवार बुक क्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांशको लागि हकदार हुनेछन् ।
साथै लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” साउन २६ गते देखि निष्काशन भइरहेको छ ।
सो योजनाको निष्काशन छिट्टोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।