
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतालाई बधाइ ज्ञापन गरेका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र उनीमार्फत भारतीय जनतालाई बधाइ ज्ञापन गरेका हुन् ।
सोमवार ट्वीटरमार्फत बधाइ सन्देश दिँदै देउवाले भारतको निरन्तर प्रगतिको कामना पनि गरेका छन् । सन्देशमा उनले नेपाल–भारतबीचको मित्रता र सहयोगी भावना आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
भारतले अगष्ट १५ लाई ब्रिटिस उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा ‘स्वतन्त्रता दिवस’ मनाउँदै आएको छ । स्न १८५७ बाट ब्रिटिसको उपनिवेश कायम भएको भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।