
काठमाडौं, १४ साउन–उत्तर कोरियाले आफ्नो नयाँ बेलास्टिक मिसाइलको सफल परीक्षमा खुसी व्यक्त गर्दै यसले अमेरिकालाई ठूलो चुनौती दिने बताएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चार रिपोर्टहरुका अनुसार शीर्ष नेता किम जोन उनले परीक्षण सफल भएको भन्दै अब पूरै अमेरिकामाथि धावा बोल्न सकिने बताएका बीबीसीले जनाको छ ।
मिसाइको परीक्षण उत्तर कोरियाको पहिलो आइसीवीएमको तीन हप्तापछि गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले उत्तर कोरियाको या कदमलाई निकै लापरवाही पूर्ण र खतरनाक बताएका छन् ।
चीनले पनि मिसाइल परीक्षणको निन्दा गरेको छ साथै सवै सम्बन्धित देशलाई एक जुट हुन सल्लाह दिएको छ । उसले समय रहँदै समुचित निकास निकाल्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
मिसाइल परीक्षणको पुष्टि गर्दै कोरियाले बताएकी आइसीबीएमले करिब ४७ मिनेटसम्म आफ्नो गति बनाएर राख्न सक्छ र यहाँ ३७२४ किलोमिटर माथिससम्म गएका थिए ।

कोरियाको केन्द्रीय न्यूज च्यानलले टेस्टपछि सुप्रीम कमाण्डर किले अब पूरै अमेरिकामा मार हान्न सकिने बताएको जनाएको छ ।