×

X
Nic Asia
Marvel
Khukuri

यामाहाले रेजेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्ने

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

यामाहाले रेजेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्ने  भएको छ । 

DHARA
LAxmi BAnk

इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट शुरू भएसँगै फेन्टासी लिग पनि यतिखेर चर्चामा रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

इंग्लिश प्रिमीयर लिग (इपिएल)मा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ। 

पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।


Advertisment
Bizbazar
Saurya island

यस सिजनको नेपालको ‘फेन्टासी प्रिमीयर लिग’ आयोजना गर्नका निम्ति फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’(आरओएनबी) ले यामाहा नेपालसँग सहकार्य गर्ने भएको छ ।  

गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको यामाहा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

Vianet communication
IME BANK INNEWS

यस सिजनको ‘फेन्टासी प्रिमीयर लिग’मा सहभागी बन्नका लागि वाईआई२३यो रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमीयर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ ।

यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।

फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ ।

कम्पनीको अनुसार फेन्टासी लिगमा साप्तीहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिने बताइएको छ ।

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो समय, डिजिटल खेलमा रमाउने नेपाली युवाहरूको जमात बढ्दो छ । र यसै कुरालाई मध्य नजरमा राख्दै सो जमातलाई थप हौसला र प्रोत्साहन गर्न यामाहा नेपालले नेपालीहरूमाझ लोकप्रिय रहेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’सँग सहकार्य गरेको हो, लिगको बारेमा बोल्दै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

संघीय राजधानी काठडमाडौंका सपिङ सेन्टर आजकल रंगिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै–चङ्गा टाँगिएको छ । बजार डमी पिड, लट्टाईले सजिएको ...

असोज १४, २०७९

अम्बे ग्रुपले नेपालगञ्ज स्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरूलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपका अध्यक्ष हरी न्यौपानेले  नेपालगञ्जमै दैन...

असोज १६, २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्द...

असोज १४, २०७९

विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मेयर नागेश कोइराला बिहान ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनु...

असोज १४, २०७९

बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सद...

असोज १५, २०७९

 “बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र को...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x