१९ असार २०८३, शुक्रबार

बागमतीमा हामफालेकी अञ्जलीको बयानः श्रीमानसँग विवाद भएकाले हाम फाले

बागमतीमा हामफालेकी अञ्जलीको बयानः श्रीमानसँग विवाद भएकाले हाम फाले

श्रीमानसँगको विवादले थापाथलीको पुलबाट हाम फालेको खुलेको छ । शनिवार थापाथलीको पुलबाट बागमतीमा हाम फाल्ने २० बर्षीया अञ्जली यादवले श्रीमानसँगको विवादका कारण बागमतीका हाम फालेको बताएकी हुन् । 

प्रहरीका अनुसार उनले श्रीमानसँग घरायसी विवाद हुँदा ‘हाम फालेर मर्छु’ भनेको र सोहीअनुसार बागमती नदीमा हाम फालेकी थिइन् ।  

उनलाई अहिले उपचारको ललितपुरको पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत सिंहदरबारका प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले उद्धार गरेको थियो । उनलाई प्रहरीले शनिवार साढे ४ बजे जिवितै उद्धार गरेर ट्रमा सेन्टरमा उपचारको लागि पुर्‍याएको थियो ।

उनी ललितपुरको कुपण्डोल बस्दै आएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्