०५ साउन २०८३, मंगलबार

फेरि सूर्य चिह्नमै चुनाव लड्ने हृदयेशको प्रस्ताव, अवस्था विश्लेषण गरेर निर्णय दिने ओलीको मूड

फेरि सूर्य चिह्नमै चुनाव लड्ने हृदयेशको प्रस्ताव, अवस्था विश्लेषण गरेर निर्णय दिने ओलीको मूड
फाइल फोटो

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् । 

सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् ।

२०७४ सालको चुनावमा त्रिपाठी एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए ।

त्यसबेला चुनाव जितेका त्रिपाठीले फेरि चुनाव जिते भने ६ पटक सांसद बन्छन् । उनी ४ पटक त मन्त्री नै भइसकेका छन् । 

‘एमाले अध्यक्ष केपी ओलीसँग समसामयिक राजनीतिका बारेका कुराकानी गर्न गएको हुँ । त्यस अवसरमा चुनावी सहकार्यका बारेमा सामान्य चर्चा भयो,’ त्रिपाठीले लोकान्तरसँग भने । 

उनले एमाले अध्यक्ष ओलीलाई फेरि पनि सूर्य चिह्नमा चुनाव लड्न आफू तयार रहेको जानकारी गराएको बुझिएको छ । 

तर एमालेले भने आफ्नो पार्टी भित्रको सिट बाँडफाँटको अवस्था र जीतहारको मत विश्लेषणपछि मात्रै त्रिपाठीलाई एमालेको चुनाव चिह्न दिने वा नदिने भन्नेबारे निर्णय गर्ने एमाले नेताहरूले बताएका छन् । 

गत निर्वाचनमा सूर्य चिह्नबाट त्रिपाठीले चुनाव जितेपछि उनलाई एमालेमा प्रवेश गराउन एमाले नेताहरूले सक्दो प्रयास गरेका थिए तर त्रिपाठीले भने आफ्नै नेतृत्वमा दल खोलेका थिए ।

त्यसबाहेक ओलीसँग नागरिकता विधेयक, सत्ता गठबन्धनले गरिरहेको काम आदिबारे पनि छलफल भएको त्रिपाठीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्