०६ साउन २०८३, बुधबार

सार्वजनिक यातायात व्यवस्थित गर्न प्राधिकरण बन्दै, प्रदेशको अधिकार खोसेर संघमै तानिने

सार्वजनिक यातायात व्यवस्थित गर्न प्राधिकरण बन्दै, प्रदेशको अधिकार खोसेर संघमै तानिने
प्रतिकात्मक तस्वीर

सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ ।

प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भएको छ ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै ऐन बन्नेछ ।

ऐन बनेर सार्वजनिक भएको ९० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था गरिएको छ । यो ऐन लागू भएपछि शक्तिशाली यातायात प्राधिकरण बन्नेछ । प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र उपत्यकाभित्रै सम्पर्क कार्यालय पनि खोलिने छ । प्राधिकरणले हाल यातायात व्यवस्था विभागले गर्दै आएको सबै काम गर्नेछ ।

सार्वजनिक यातायातको नीति, नियम बनाउने, सञ्चालन गर्ने, गुणस्तर तोक्ने, यातायात रुटको निर्धारण गर्ने सहितको काम प्राधिकरणबाट हुनेछ । भाडादर निर्धारण गर्ने, अनुगमन गर्ने, बस बिसौनीको व्यवस्था गर्नेदेखि यातायात सेवा सञ्चालनबाट सर्वसाधारणलाई सहजीकरण गर्नेसम्मका काम गर्नेछ ।

प्राधिकरण सञ्चालनमा आएपछि हाल प्रदेश सरकारको मातहतमा पुगेको यातायात सञ्चालन तथा नियमन फेरि संघमा आउने भएको छ । संघले प्राधिकरणका नाममा फेरि आफैंमा अधिकार ल्याउने गरी संसदबाट पारित विधेयकमा व्यवस्था गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्