१२ साउन २०८३, मंगलबार

कर्मचारी अभावमा सेवा प्रभावित

कर्मचारी अभावमा सेवा प्रभावित

जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन् । चार÷चार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए । 

मालपोतमा दरबन्दी अनुसारको पदपूर्तिका लागि मन्त्रालय र लोक सेवा आयोगमा माग गरिएको कार्यालय प्रमुख कार्कीले बताए ।  दु

यसैबीच घरजग्गाको कारोबारबाट मालपोत कार्यालयले एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा रु पाँच करोड चार लाख ८४ हजार नौ सय १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्