
चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ ।
निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् ।
विनोद पौडेल कथा, पटकथा एवं निर्देशन रहेको चलचित्रले राम्रो समीक्षा पाएको थियो ।
चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायतको अभिनय छ ।
अभिनेत्री स्वस्तिमाले यस चलचित्रबाट श्रीलंकाको कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभल–२०१९ मा बेस्ट पफर्मेन्स अफ दि इयर अवार्ड प्राप्त गरेकी थिइन् ।