
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ ।
सरकारले साउन एक गतेदेखि लागू हुने गरी तोकेको नयाँ तलबमानअनुसार शुरूको तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रुपैयाँ तोकेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तलब पनि आईजीपीकै सरह तोकिएको छ । भने प्रहरी नायब महानिरीक्षक (डीआईजी)को तलब ७६ हजार ४६ रुपैयाँ, एसएसपीको ६४ हजार ३५९, एसपीको ६० हजार ९९४, डीएसपीको ५६ हजार ८६२ रुपैयाँ नयाँ तलब भएको छ ।
प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ भएको छ । कार्यालय सहयोगी पाँचौस्तरको तलब ३७ हजार २३६ रुपैयाँ काम भएको छ ।
हेर्नुहाेस् प्रहरीकाे नयाँ तलबमान
