×

NMB BANK
NIC ASIA

अभिनेत्री तृप्ती नाड्करका छोरा धिरजको नेपाली रजतपटमा डेब्यू

'जति माया नेपालले आमालाई दिएको छ, मैले पनि अलि–अलि त पाउन सक्छु’

साउन ३१, २०७९

NTC
तस्वीर: चलचित्रको एक दृश्यमा अभिनेत्री अदिति बुढाथोकीसँगै डेब्यू अभिनेता धिरज नाड्कर
Premier Steels

एकसमयकी चर्चित अभिनेत्री तृप्ती नाड्करका छोरा धिरज नाड्करले नेपाली चलचित्रमा डेब्यू गरेका छन् । उनले आगामी असोज १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । 

Muktinath Bank

धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर अभिनित चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित डेब्यू अभिनेता नाड्करले नेपाली रजतपतमा प्रवेश गर्नका लागि ‘बाबरी’ उत्कृष्ट भएको विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले चलचित्रबाट आफूले माया पाउने विश्वास लिएको समेत बताए । ‘जति माया नेपालले मेरो आमालाई दिएको छ । मैले पनि अलिअलि त पाउन सक्छु’ नाड्करले भने, ‘सबै जनाले मेहनतसँग चलचित्र बनाएका छौँ । सबैजनालाई चलचित्र मन पर्ने आशा राखेको छु ।’ 


Advertisment
Nabil box
Kumari

धिरजले यस चलचित्रमा आफू आफ्नी आमाका कारण जोडिएको बताए । आफ्नो डेब्यूबारे उनले भने, ‘यो चलचित्रको एउटा भूमिकाका लागि निर्देशक सुरेन्द्र सरले मेरी आमालाई अप्रोच गर्नुभएको थियो । तर, मेरो आमाले मलाई रेकमेन्ड गरिदिनुभयो । आमाले मेरो वर्क प्रोफाइल सुरेन्द्र सरलाई पठाउनुभयो । भाग्यवश उहाँलाई मन पर्‍यो र अहिले म यहाँहरू समक्ष छु ।’ 

Vianet communication

डेब्यू अभिनेता धिरजले नेपाली चलचित्रमा आफ्नी आमाले बनाएको नामलाई कायमै राखेर अझ त्यसलाई उँचो बनाउन जिम्मेवारीसँगै उत्तिकै चुनौती रहेको बताए । त्यसबारे उनले भने, ‘पक्कै पनि ठूलो चुनौती छ । म मेरो शतप्रतिशत दिने कोसिस गर्छु । बाँकी मलाई कसरी स्वीकार गर्नुहुन्छ भन्ने त दर्शकमा निर्भर रहन्छ ।’ 

अभिनेत्री तृप्तीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाएकी छिन् । ‘कुसुमे रुमाल’, ‘साइनो’, ‘लाहुरे’, ‘सम्झना’, ‘देवर बाबु’, ‘त्रिशुल’जस्ता उनका चलचित्रहरू आज पनि दर्शकले सम्झिरहेका हुन्छन् । उनी चलचित्र क्षेत्रबाट टाढिएको भने लामो समय भइसकेको छ । 

तृप्ति चलचित्रमा देखिन छाडेको लामो समयपछि उनका छोराले नेपाली चलचित्रमा डेब्यू गर्न लागेका हुन् । धिरज भारतमा जन्मिएर भारतमै हुर्किएका हुन् । उनले केही हिन्दी विज्ञापनहरूमा समेत काम गरिसकेका छन् । उनले आउँदा दिनमा सबै भाषाका चलचित्रमा काम गर्न चाहेको बताए । 

‘बाबरी’ दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ लगायतको पनि मुख्य भूमिका छ । सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले चलचित्र लेखेका हुन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई निर्देशक पौडेल स्वयंले सम्पादन गरेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x