२३ जेठ २०८३, शनिबार

८ महिलासँग विवाह गर्दा पनि एक्लै ! नवौं पत्नी खोज्दै ७४ वर्षीय वृद्ध

साउन ३१, २०७९
८ महिलासँग विवाह गर्दा पनि एक्लै ! नवौं पत्नी खोज्दै ७४ वर्षीय वृद्ध

मान्छेले जीवनमा कतिपल्ट विवाह गर्ला ? अधिकांश मान्छेले एउटा विवाह मात्रै गर्छन् तर केहीले २–३ विवाह पनि गर्छन् । 

एकै मान्छेले ८ विवाह गरिसक्दा समेत एक्लै हुनुपरेको कथा रोचक हुनसक्छ । ८ विवाह गरेका ७४ वर्षीय रन सेपर्ड यतिबेला एक्लै परेका छन् ।

एक्लै भएका रन नवौं विवाह गर्न बेहुली खोजिरहेका छन् । मन मिल्ने महिला पाउँदा विवाह गर्ने उनले बताए ।

पूर्व पत्नी फिलिपिनो क्रिस्टेल लालेक आफूसँग सधैं रहने उनले सोचेका थिए तर ५ वर्षअघि लालेकले पनि छाडेर गएपछि उनी एक्लै भएका छन् । उनले भने, ‘मलाई एक्लै राम्रो लाग्दैन, म एक साथीको खोजीमा छु, म कहिल्यै हार मान्दिनँ ।’

उनका ८ छोरा र १३ नातिनातिनी छन् । सन् १९६६ मा उनले पहिलो विवाह गरेका थिए तर २ वर्षपछि सम्बन्धविच्छेद भएको थियो । त्यसपछिका पत्नी पनि कसैको निधन भएको छ भने कसैले छाडेर गएका छन्, त्यसैले उनी अहिले एक्लै भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्