
प्रहरीले इन्टरपोलको सहयोगमा हत्यामा संलग्न एक व्यक्तिलाई १६ वर्षपछि कतारबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले उनी दोलखा बैतेश्वर गाउँपालिका–२ टारका ३६ वर्षीय रामकुमार मगरलाई नेपाल ल्याएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी २०६३ साउन २ गते कोटेश्वरका मनोज खड्कालाई कुटपिट गरेर हत्या गरी कतार भागेको प्रहरी प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले जनाकारी दिए ।
उनी हत्यापछि वैदेशिक रोजगारीका लागि कतारमा गएका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा उनलाई पत्ता लगाएर इन्टरपोल मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेर साउन ३० गते नेपाल ल्याएको महाशाखाले जनाएको छ ।